पोलियो थोपाको साटो स्यानिटाइजर खुवाउँदा १२ बालबालिका अस्पताल भर्ना

समाचार

एजेन्सी । भारतको महाराष्ट्रमा पोलियो थोपाको साटो स्यानिटाइजर खुवाउँदा १२ जना बालबालिका बिरामी भएर अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियोको साटो स्यानिटाइजर खुवाउँदा ती बालबालिका बिरामी भएर अस्पताल भर्ना भएको खबर एक भारतीय सञ्चार माध्यमले जनाएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम रहेको कुरा उक्त समाचारमा जनाईएको छ ।

पालियो भनेर स्यानिटाईजर खुवाएपछि ती १२ जना बालबालिकाहरुले बा’न्ताका साथै असहज महसुस गरेपछि उनीहरुको चेक जाँच गरियो । र त्यसपछि उनीहरुलाई जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्यस्थिती स्थिर भएको बताइएको छ । डाक्टरको समूहले उनीहरुको निगरानी गरिरहेको छ । यो विषयमा भानबोरा प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टर, आंगनवाडीकी एक सेविका र एक कार्यकर्ताविरुद्ध अनुसन्धानको आदेश दिइएको छ ।

यवतमालका सामाजिक कार्यकर्ता किशोर तिवारीले आफूले स्वास्थ्यमन्त्री राजेश टोपेलाई भेट गर्ने र दो’षीमाथि कारवाहीको माग गर्ने जानकारी दिएका छन् ।
घटना आइतबारको हो । त्यसको भोलिपल्ट सोमबार जब पोलियो अभियान लिएर आएका समूहलाई यसबारे जानकारी दिइयो तब उनीहरुलाई आफ्नो गल्ती महसुस भएको र उनीहरुले दोस्रोपटकमा ती बालबालिकालाई पोलियोको थोपा खुवाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *