इन्डियन लाहुरे राहुल गुरुगं र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीको जिवनमा फेरी लियो अर्को मोड : लाहुरेको श्रीमतीले रुदै दिईन यस्तो बयान मलाई बेच्न लगेको रहेछ (भिडियोसहित)

समाचार

काठमाडौ । तनहुका राहुल गुरुगं इन्डियन लाहुरेको श्रीमती आफ्नो सानी छोरीलाई विद्यालय छोड्न भन्दै हिडेकी थिइन् । उनी त्यस पछि घर फर्किइनन् । उनी उतैवाट हराइन् । तर अहिले केही समय पछि उनको श्रीमती स्मीता जनकपुरको नारायण यादवसंग काठमाडौको गौशाला होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको छ ।

आफ्नो घर जनकपुर भएको बताउने नारायणले आफ्नो परिवारमा कोही नभएको बताएका छन् । राहुलको परिवारका सदस्यले स्मीतालाई होटलमा नारायणसंग फेला पारेका हुन् । स्मीताले आफु आफ्नै मर्जीले नारायणसंग आएको बताएकी छन् । उनले आफु जागिरको शिलशिलामा आएको बताएकी छन् ।

स्मीता हराएपछि उनको माइतीले आफ्नो छोरीलाई गायब बनाएको आरोप राहुलको परिवारलाई लगाएका थिए । स्मीताले आफुसंग भएको मोवाइल र सुन आफैले बेचेको बताएकी छन् । उनले आफ्नो इच्छाले नारायणको साथमा आएको भन्दै राहुलको परिवारसंग नडराउने पनि बताइदिइन् । काठमाडौको होटलमा स्मीता फेला परेपछि राहुलको परिवारले भिडियो कल मार्फत स्मीताको माइतीलाई त्यसबारे जानकारी दिएका छन् ।

तर स्मीताले भने आफ्नो दिदीहरुको सम्पर्कमा रहेको बताइन् । उनले एक दिन अघि आफ्नो दिदीलाई आफुले आफ्नो जिन्दगीको निर्णय गरेको भनेर जानकारी दिएको पनि बताइदिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *