सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा निस्किएपछि.. (तस्विर सहित)

समाचार

काठमाडौं। नेपाली सेनाले आफ्ना ह’तिया’र जडित (बख्तरबन्द) गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा ह’तिया’रसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ ।

जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

जंगीअड्डाले भने विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरेर अभ्यास गरिएको भनेको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको भएको बताउनुभएको छ ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर चक्कर हिडेका थिए । तस्विर तल हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *