नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि प्रचण्ड समूहको आ’क्र म’ण !

समाचार

काठमाडौ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । सो क्रममा त’ना व उत्पन्न भएको छ । दुई तर्फी त’ना व भएपछि केही घाइेत समेत भएको खबर प्राप्त भएको छ ।

प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा घटना भएको हो । पोखरेलको गाडीमा तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच बबाल भएको छ ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् । ठूलो संख्यामा कार्यकर्ता घाइते भएका छन् । केहीको अवस्था ग म्भी र भएको बताइएको छ ।

नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालो झण्डा देखाएका हुन् । सो क्रममा प्रहरी ह’स्त क्षे’प हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *