नेपाल स्टारको उपाधी जीतेकी एलिनाले किन रुदै माफी मागीन् ? कारण यस्तो रहेछ (भिडियोसहित)

मनोरञ्जन

पोखरा । भर्खरै मात्र नेपाल स्टारको उपाधी जीतेकी एलिना गुरुङले उपाधी जीतेसंगै पहिलो पटकको सम्बोधनमा नै आफ्नी आमासंग माफी माग्दै रोएकी छन् । उनले आमाले आफुलाई यो स्थानसम्म ल्याई पुर्याउनकोलागी गरेको हरेक प्रकारको मेहेनतालाई सम्झिएर उनी भावुक हुँदै आमालाई धन्बाद दिंदै रोएकी हुन् । उनले एक अन्तावार्तामा सानोमा आफुले आमालाई धेरै सताएको कुरा सम्झिंदै त्यो पलदेखि आजसम्म यदि आमाले सही बाटो नदेखाएको भए आफुले अहिले यो सफलता प्राप्त गर्ने पनि उनले बताईन् ।

पोखराकी एलिनामा साँच्चै नै कला र गला दुवै हुनुका साथै सुन्दरता पनि उनी उत्तिकै राम्री छन् । उनको बोली र व्यवहार दुवै नै उनका फ्यानहरुले मन पराउँछन् । चौबन्दीमा पछ्यौरी भन्ने बोलको गीत गाएकी एलिनाले यो उचाईसम्म आई पुग्नकोलागी आफुले धेरै नै मेहेनत गरेका बताउँछिन् । उनी भन्छिन्,‘संर्घष त्यो कुरा जो निरन्तर जीवनमा गरि रहनु पर्ने रहेछ । हत्तोत्साहीत भएर संघर्षलाई बीच बाटैमा छाड्दा सफलता पाउन गाह्रो हुने रहेछ ।’

नेपाल स्टारका विजेता बन्छु भन्ने नसोंचेकी एलिनाले त्यही स्टार बन्नकैलागी आफुले कडा मेहेनत गरेको पनि बताउँछिन् । उनकोलागी गीत संगीत केवल एउटा मनोरञ्जन मात्र नभई साधना नै हो । उनले सानै उमेरदेखि यो क्षेत्रमा आफ्नो परिचय बनाउँछु भन्ने सोंचेर नै यो क्षेत्रमा निरन्तर मेहेनत गरि रहेको पनि बताईन् । र उनी भन्छिन्,‘यदि मैले निरन्तर मेहेनत नगरेको भए र हुँदैन होला अब अर्को केही गर्नु पर्छ भनेर अर्कै बाटो समातेको भए आज म नेपाल स्टारको विजेता बन्ने थिईन ।’ भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *