रणवीरकी आमा नितुको कारण फेरी रोकियो रणवीर र आलियाको विवाह

मनोरञ्जन

एजेन्सी । सन् २०२१ शुरू हुनासाथ अभिनेता वरुण धवनले विवाह गरे । उनले आफ्नो सानै देखिको प्रेमिकालाई बेहुलीको रुपमा भित्र्याए । उनले आफ्नो स्कूलदेखिकै प्रेमिका नताशा दलाललाई वेहुली बनाएका हुन् ।

उनीहरुको विवाहपछि अन्य वलिउड कलाकारहरुको विवाहको चर्चा पनि चलेको छ । सबैभन्दा बढी चर्चा रणवीर कपुर र आलिया भट्टका बारेमा भइरहेको छ । तर रणवीरको आमा नितु कपुरका कारण उनीहरुको विवाह यो वर्ष पनि नहुने भएका छन् । गत वर्ष नै विवाह गर्ने योजना बनाएका जोडी यो वर्ष पनि त्यो योजना सफल बनाउन नपाउने सम्भावनामा पुगेका छन् ।

गत वर्ष रणवीरको वुवाको निधन भएका कारण विवाह रोकिएको थियो । अहिले पनि रणवीरको आमा नितु उनीहरुलाई यो वर्ष जोडीका रुपमा देख्न चाहन्नन् । आमाके इच्छा अनुसार उनीहरु विवाह गर्ने मनस्थितिमा छैनन् । उनीहरु अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् । आलियाको रणवीरकी आमा नीतू कपूरसँग राम्रो बण्डिङ छ । त्यहीकारण पनि नीतू तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा छैनन् ।

आलिया र रणवीर सन् २०१८ देखि अफेयरमा छन् । आलिया प्राय रणवीरको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहन्छिन् । हालैमात्र उनीहरुले यो जोडीले राजस्थानमा नयाँ वर्ष मनाएको थियो । रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *