खोटाङमा भेटियो हलेसी महादेवमा मान्छे छिर्ने प्वाल, प्वाल भित्र छिर्न सक्ने भाग्यमानी, भाग्यमानीको हातमा पर्छ दूधका थोपा

समाचार

पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन् ।र कुनै एक समयमा एकजना किराँती सिकारी सिकार खेल्दै जाँदा सो सिकारीको प्रहारबाट घाइते भएको मृग लडेर शिवजीको गुफाभित्र खसेछ । सो मृग लिन जाँदा अँध्यारो गुफाभित्र बत्तीजस्तो चम्किलो ज्योति सिकारीले देखेपछि सिकारी आँखा तिर्मिराएर बेहोस हुन पुगेछ । उक्त बेहोस सिकारीलाई भगवान् शङ्करले दर्शन दिनु भई त्यस गुफाभित्र अन्य देवीदेवताको पनि उत्पत्ति भएछ र सो सिकारीले मन्दिर आसपासमा हत्या–हिंसा नगर्नु भनी चेतावनी दिए भन्ने भनाइ छ ।

हलेसी मन्दिरमा विशेषगरी महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीका पर्वमा मन्दिरमा विशेष पूजा गरिनुका साथै शिव, पार्वती र गणेशलाई वस्त्र तथा गहना पहि-याइन्छ । यसबाहेक पनि हरेक सोमबार तथा साउन महिनाभरि पनि पूजा गरिन्छ । यहाँ दुईवटा गुफा छन्, ती मध्ये वसाहको गुफामा वृकासुरबाट बच्न आफू भाग्नका लागि भगवान् शङ्करले पहाडको फेदबाट प्वाल पारेर आफू सँगैको बसाहलाई त्यहीँ छाडी भित्र पसेर आफू पहाडको टुप्पोतिर निस्कँदा बनेको भन्ने भनाई छ । यसरी निस्कँदा गुफाको भित्तामा टेकेर निस्कनु भएको मानिएको भगवान्को एक पाइलाको छाप अहिले पनि हामीले हेर्दा प्रस्टरूपमा देख्ने गर्दछौँ ।

यो गुफाको प्रवेशद्वारमा भगवान्को बसाहको मूर्ति छ तथा गुफाभित्र पस्ने बित्तिकै देबे्रपट्टि भित्तामा स्वनिर्मित शङ्ख छ, जुन शङ्ख बजाउँदा बज्दछ, शङ्खसँगै केही भित्रपट्टि स्वर्गद्वार रहेको छ । यही गुफाको माथिल्लो सिलिङमा गाईको थुन बनेका छन् जहाँबाट दूध आउँछ भन्ने विश्वासका साथ भक्तजन गाईको थुनमा हात राखेर दूध देऊ माई भन्दै पुकार गर्दछन् । तीनै धर्मावलम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ ।

बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ । धार्मिक पर्यटनको गन्तव्य हलेसी प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रख्यात छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटक जाने क्रम बढेको छ । छिमेकी देश भारत र चीनबाट समेत भक्तजन आउँछन् । हलेसी महादेवमा रहेका बिसेषकुराहरु हामीले तल भिडियोमा देखाएका छौ , हेरेर सबैले सेयर गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *