चक्रपथ परिक्रमासहित ८ पृतनादेखि किन निस्कँदैछन् नेपाली सेनाका बख्तरबन्द गाडी?

समाचार

काठमाडौं– काठमाडौंको चक्रपथमा सोमबार राती नेपाली सेनाका बख्तरबन्द गाडीले परिक्रमा गर्ने भएका छन्। यस्तै सेनाका ८ वटै पृतनाबाट पनि बख्तरबन्द गाडी निकालिने भएको छ।

नियमित अभ्यासका लागि सोमबार राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए।

२१ माघमा भने ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने पौड्यालले ट्वीटमार्फत जानकारी दिएका छन्।

माइनस १४ डिग्रीको तापक्रमका बीच नियमित पठनपाठन
उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ ।

कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् ।

विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ ।हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताए । यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *