अभिनेत्री बर्षाको ब्रेकअप, सबिनले लेखे यस्तो स्टाटस- मैले बर्षालाई माया गर्न कुनै कसुर बाँकी राखिन…

मनोरञ्जन

काठमाडौं– करिब एक बर्ष अघि अभिनेत्री बर्षा सिवाकाटी आफ्नो प्रेमी सबिन थापालाई भेट्न अमेरिका गएको भन्ने समाचारले मिडियामा चर्चा परिचर्चा भयो । त्यो समय बर्षाले आफु प्रेममा रहेको वा नरहेको भन्ने बारे केही बोलिनन् ।

झण्डै एक बर्षपछि बर्षा पुनः सबिनलाई भेट्न अमेरिका पुगेकी थीइन। लकडाउनको समयमा कोरोनाको पर्वाह नगरी अमेरिका पुगेकी बर्षाले यसपटक भने खुलेरै सबिनसँग प्रेम जनाइन् । मिडियामा उनीहरु चाडैँनै विवाह बन्धनमा बाँधिन लागेको समचारपनि सार्वजनिक भयो ।

उता बर्षा र सबिनको प्रेम समाजिक सञ्जाल इन्टाग्रामको भित्ताभरी छरपष्ट देखियो । तर बर्षा नेपाल फर्किएसँगै उनीहरुको प्रेममा बाधा आयो । अहिले भने बर्षाको ब्रेकअप भएको कुरा सामाजिक संजाल भरि हल्ला भैलिएको छ।

उनका ब्वाईफ्रेण्डले ब्रेकअप भएको कुरालाई लिएर भावुक हुदै इन्स्टाग्राममा स्टाटस समेत लेखेका छन उनीहरुको प्रेम सम्बन्ध वि’छोड भएको भनी शनिबार बिहानै सबिनले आफ्नो र बर्षाको तस्बिर सहित लामो भावुक स्ट्याटस पोस्ट गरेका हुन्। सबिनले इन्टाग्राममा बर्षाले देखाएको इ’गो र व्य’वहारका कारण सम्बन्ध स’किएको लेखेका छन् ।

‘१७ महिना भयो सम्बन्ध सुरु भएको । हामीले एकअर्काको राम्रो र नराम्रो पक्षलाई स्वी’कार गर्दै सम्बन्ध अघि ब’ढाएका थियौँ । प्रेममा दुवै जनाले एकअर्काको ता’गत र कमजोरीलाई स्वीकार गर्न सिक्नु पर्छ ।’ बर्षाले आफु अ’प्ठ्यारोमा परेको बेला छो’डेको भाव सबिनले स्ट्याटसमा लेखेका छन् ।‘मैले बर्षालाई माया गर्न कुनै क’सुर बाँकी राखिन ।

उनलाई खुसी राख्न ह’रबखत प्रयास गरिरहन्थे ।’ बर्षाले धो’का दिएसँगै आफुलाई हरेक कुरासँग ड’र लागेको उनी लेख्छन् । पहिलेपनि बर्षाले धोका दिएपनि केही समयपछि सम्बन्ध सुधारमा आएको थियो तर अब भने उनी आफ्नो प्रेम सम्बन्ध पुन सुधार हुने कुरामा विश्वस्त छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *