सबैभन्दा फिट र सिक्स प्याक भएका बलिउडका यी ५ अभिनेता

मनोरञ्जन

फिल्म इंडस्ट्रिमा जति अभिनेत्रीको लागी सुन्दरताले महत्व राख्छ त्यती नै महत्व राख्छ अभिनेताको लागी शारीरिक फिट हुनु । यसको लागी बलीउड स्टार्स फिट रहनको लागी जिममा दिन–रात पसिना बगाउँछन्, किनभने फिल्ममा पाउने रोल अनुसार उनीहरुले शरिरलाई घटाउन वा बढाउनु पर्ने हुन्छ ।यी पाँच अभिनेता बलिउडमा सबैभन्दा धेरै फिट मानिन्छन् ।

विद्युत जामवाल
अभिनेता विद्युत जामवालले फिल्म फोर्स (२०११) बाट बलिउडमा प्रवेश गरेका थिए । फिल्ममा उनी जोन अब्राहमसँगै देखिएका थिए, तर विद्युतले फिल्म जगतमा आफनो पहिचान फिल्म कमाण्डो (२०१३) बाट पाएका थिए । फिल्ममा विद्युतले अचम्ममा पार्ने फाइट र स्टंट गर्दे दर्शकहरुको ध्यान आफुतिर तानेका थिए । यद्यपी, विद्युतले अहिलेसम्म स्टारडमको पहिचान पाउन सकेका छैनन् उनी पनि पछिल्लो समय आफनो फिटनेस र सिक्स प्याकवाला अभिनेतामा चिनिन्छन् ।

ऋतिक रोशन
फिटनेसको सबैभन्दा पहिलो नम्बरमा बलिउडका सुपरहिरो ऋतिक रोशन पर्छन । ऋतिक रोशन निकै अग्ला र ह्याण्डसम लुक पर्सनालिटिका धनि हुन् । त्यसैले उनी आफुलाई फिट राख्नको लागी कहिलेपनि लापरवाहि गर्देनन् र लगातार ब्यायाम उनको दैनिकको रुटिनमा समावेश छ । उनी हलिउड एक्टरलाई समेत मात दिदै विश्वको सबैभन्दा ह्याण्डसम एक्टर २०१८ बन्न सफल भएका थिए ।

जोन अब्राहम
बलिउडका ह्याण्डसम अभिनेता जोन अब्राहम शुरुका दिनहरुमा शारीरिक रुपमा धेरै नै पातला तथा कमजोर देखिन्थे । तर विस्तारै–विस्तारै जोनमा शरिर बनाउने भुत यसरी चढ्यो कि आज उनी सिक्स प्याक भएका अभिनेताको अग्रपक्तिमा छन् । यद्यपी, जोन फिल्ममा कम अंगप्रदर्शन गर्छन तर पनि उनको यो आकर्षक ठुलो बडि देखेर युवतीहरु दिवाना भएका छन् ।

टाइगर श्राँफ
फिट अभिनेताको सुचीमा दोस्रो स्थानमा टाइगर श्राँफ पर्छन । टाइगर बलिउडमा सबैभन्दा फुर्तिला र एक्टिभ अभिनेता मध्येका एक हुन् । टाइगरको फिल्म यदि तपाई हेर्नुहुन्छ भने प्रायजसो खतरनाक स्टंट उनी आफै गर्छन । टाइगरले फिल्म हिरोपंतीबाट बलिउडमा प्रवेश गरेका थिए र त्योबेलादेखी अहिलेसम्म उनी कैयौ एक्शन फिल्ममा आइसकेका छन् । टाइगरको हालै मात्र रिलिज भएको फिल्म वागी–२ मा उनको बडि हेरेर पत्ता लगाउन सकिन्छ कि उनी जिममा कति मेहनत गर्छन ।

रणवीर सिंह
बलिउडका सुपरस्टार रणवीर सिंहको नाम पनि यो लिस्टमा समावेश छ । रणवीर बलिउडका अलराउण्डर अभिनेता मानिन्छन् । उनी आफनो फिल्ममा भन्दा धेरै रियल लाइफको एक्टिभिटिजबाट टिआरपि कमाउछन् । शारीरिक रुपमा उनी त्यती धेरै सिक्स प्याक वाला नभए पनि उनको शरीरले बताउछ कि उनी कति मेहनत गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *