कोरोनाको खोप लगाएका वीर अस्पतालका स्वास्थ्यकर्मीमा देखियो यस्तो डरलाग्दो समस्या

समाचार

नेपालमा पनि कोरोना विरु द्धको खोप सुरु भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरु द्धको खोपको उद्घाटन गरेका हुन् ।

कोरोनाको जो खिममा रहेकाहरुलाई खोप लगाउन प्राथमिकता दिइएको छ । कोरोनाको खोप लगाएकाहरुमा सामान्य सम स्या देखिएको छ ।

कोरोना भाइरसवि रुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।

वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीका अनुसार भ्याक्सिन लिएका उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको हो। तर यो सामान्य समस्या भएको चिकित्सकको भनाई छ ।

‘खोप लगाएपछि केहीबेर ६ जनालाई रिङ्गटा लाग्ने र वाकवाक लाग्ने समस्या देखिएको थियो’, उनले भने, ‘रेस्ट गरेपछि ठीक भएको छ।

यो माइनर समस्या हो।’ यस्ता समस्यावाट डराउन नपर्ने उनको भनाई छ ।

खोप लगाएपछि सामान्य समस्या देखिन सक्ने खोप महाशाखा प्रमुख डा। झलक गौतमले बताए। ‘खोपले धेरैलाई केही हुन्न।

यद्यपि, सामान्य असर देखिन सक्छ। खोप लगाएपछि दुख्ने, ज्वरो आउने हुन्छ तर सिरियस हुँदैन।

खोप लगाएपछि अनुसन्धान गर्ने विज्ञको स्वतन्त्र कमिटी छ। त्यसले अध्ययन गर्छ, आत्तिनुपर्ने स्थिति छैन’, उनले भने ।

यो पनि -इन्डियन आर्मी राहुल जस्लाई श्रीमतीले अन्तिम पटक फोनमा हाँसो गर्दै परपुरुषसँग बिवाह गरिन, भावुक हुँदै सुनाए त्यो कहानी (भिडियो)

युना गुरुङ ४ बर्षकी भईन । युनाको बुवा इन्डियन आर्मी हुन् । झट्ट हेर्दा सिनेमाको हिरो जस्तै देखिने यिनै हुन् उनै युनाको बुवा राहुल गुरुङ ।

बितेको १ महिना देखि युनालाई खेलाउने र भुलाउने उनको दैनिकी जस्तै हो । किन भने युनाले आमाको काख न पाएको १ महिना भैसक्यो ।

राहुलको हजुरबुवा इन्डियन आर्मी थिए । हजुरबुवाले काकरभिट्टा पारि भारतको बागडोगरामा घर बनाए ।

बागडोगरामा नेपाली भाषीको ठुलो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्याउंदै राहुल पनि इन्डियन आर्मीमा भर्ति भए ।

इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोगरामा गए । त्यहि बेला स्मिता लामासंग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उनले स्मितासंग बिवाह भयो ।

बिवाह पछि उनले बुवाआमा भएको ठाउँ गोर्खाको पालुंगटारमा लिएर आए । उनले स्मितालाइ नेपालमै ल्याएर राखे ।

स्मिता र राहुलबाट एउटा छोरी युना जन्मिन । यति राम्री युनालाई लिएर स्मिता आबुखैरीनिमा लिएर बस्न थालिन ।

राहुलले स्मितालाई एकदमै खुसीका साथ राखेका थिए । तर अचानक खै के भयो अहिले राहुल अहिले एक्ला भएका छन् ।

नेपाल छुट्टीमा आएको बेलामा पनि उनले श्रीमती स्मितालाइ सबैभन्दा महँगो मोबाइल किनिदिए । श्रीमतीले भने अनुसार नै उनकै रोजाईमा महँगो मोबाइल किनेकी थिइन ।

श्रीमानले मैले अहिले पनि स्मिताले यस्तो किन गरिन भन्ने बिश्वास नै नलागेको बताएका छन् । मैले एकदमै माया गर्छु खै कसरि यस्तो गरिन मलाई बिश्वास नै नलगाएको बताएका छन् ।

मिडियासंगको कुराकानीमा उनले स्मिताले भने अनुसारको सबै पुर्याएर दिएको थिए, बुवाआमाले पनि एकदमै माया गर्नुहुन्थ्यो ।

यहाँ काम पनि केहि थिएन काम भनेको छोरीलाइ हेर्ने मात्रै थियो। हिड्ने दिन पनि उनले राम्रो संग हाँसी खुसि कुरा गरेर बिदा भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *