फिल्ममा गान्धी बन्न सकस !

मनोरञ्जन

मुम्बई(एजेन्सी)- सत्य र अहिंसाको शिक्षा दिने भारतका राष्ट्रपिता महात्मा गान्धीको ७३ औं पुण्यतिथी मनाइएको छ ।

सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले गान्धीको गोली हानी हत्या गरेका थिए ।

गान्धीको विचारमा किताब मात्र लेखिएको छैन, बलिउडमा उनका बारे कैयौं फिल्म नै बनेका छन् ।

गान्धीको पुण्यतिथीको अवसर पारेर फिल्ममा गान्धीको चरित्र निभाउने कलाकारले आफ्नो अनुभव सुनाएका छन् ।

जसमा कतिले गान्धीको चरित्रका लागि २० किलो वजन घटाएका छन् भने कतिले मेकअपमै तीन घण्टाको समय बिताउने गरेको खुलाएका छन् ।

फिल्म ‘गान्धी माइ फादर’मा गान्धीको चरित्र निर्वाह गरेका दर्शन जरीवालाले आफ्नो करियरमा गान्धी चरित्र सबैभन्दा चुनौतिपूर्ण चरित्र रहेको बताएका छन् ।

नेता भएर पनि उनले कसैको सान्तवना लिएनन् । आफ्नो परिवारको तर्फबाट पनि सान्तवना लिएनन् । आजका नेतामा यस्तो विचारधारा कहाँबाट आउँछ र ?

गान्धीजी बिना सोचविचार कुनै काम गर्दैन थिए’, दर्शन भन्छन्, ‘पहिला उनी केही समयका लागि सोच्दथे, अनि बोल्दथे । जे भन्थे, त्यो गरेर देखाउथे ।’

उनले गान्धी चरित्रका लागि आफूले शारीरिक र मानसिक दुवै किसिमबाट ठूलो मेहनत गर्नुपरेको बताए । उनले गान्धीको लुक्सका लागि २० किलो वजन नै घटाए ।

फिल्म ‘लगे रहो मुन्नाभाई’मा अभिनेता दिलीप प्रभावलकरले गान्धीको चरित्र निभाएका थिए । उनका अनुसार यो फिल्मको छायांकनका क्रममा उनको मेकअप गर्नै अढाई घण्टा लाग्थ्यो ।

‘मैले नक्कली कान र नाक लगाउनुपर्थ्यो । अनुहार चाउरी पार्नका लागि मेकअपले ठूलो सहयोग गरेको थियो ।

तर यस्तो अवस्थामा गाला चिलाउथ्यो र असहज महशुस हुन्थ्यो । यस्तो अवस्थामा मैले एक मुस्कुराउने र दयालु अनुहार देखाउनुपर्थ्यो ।

यो क्षण मेरा लागि निकै पीडादायी क्षण थियो’, उनले स्मरण गरेका छन्,‘राजकुमार हिरानीले मलाई एक अलग भूमिकाका लागि बोलाएका थिए ।

त्यो भूमिका वृद्धाश्रममा बस्ने विद्या वालनका हजुरबुवाका बुर्जुग साथीमध्ये एक थियो । जब म हिरानीलाई भेट्न गएँ, त्यो बेला उनले मलाई गान्धीको भूमिका निभाउन भने ।

म अचम्ममा परें । किनकी म दुब्लो पातलो त थिएँ, तर अग्लो थिएँ, मेरो अनुहार कुनै पनि हिसाबले गान्धीसँग मिल्दैन थियो । तर राजकुमारले मेकअपमार्फत मलाई गान्धी बनाइदिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *