क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

समाचार

एजेन्सी– क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको छ ।

क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

क्युवामा यसअघि सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *