बाबुराम भट्टराईले करिश्मा संग राखे यस्तो प्रस्ताब

मनोरञ्जन

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर राजनीतिकर्मी पनि हुन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै सकृय छन् । कुनै समय फिल्म क्षेत्रमा एक छत्र राज गरेकी करिश्माको क्रेज अहिले पनि घटेको छैन । उनी अहिले पनि उत्तिकै सुन्दर छन् । मुन्द्रेको कमेडी क्लवमा सहभागी भएपछि उनको चर्चा थप चुलिएको छ ।

उनी डा बाबुराम भट्टराईको पार्टीमा लागेर करिब अढाइ वर्ष राजनीतिमा पनि सकृय भइन् । डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले उनलाई सिधै केन्द्रीय सदस्य बनाएको थियो । सामाजिक रुपमा चर्चित भएका कारण पनि उनले राजनीतिमा छोटो समयमा ठूलो उपलब्धी प्राप्त गरेकी थिइन् ।

तर, उनको राजनीतिक यात्रा लामो हुन सकेन । अहिले उनी नयाँ शक्तिबाट अलग भइसकेकी छन् । सामाजिक सञ्जालमा उनले दिने अभिब्यक्तिे व्यक्तिगतरुपमा डा। भट्टराईसँग पनि उनको दुरी बढेको अनुमान लगाउन सकिन्छ ।

पछिल्ला दिनमा करिश्माले राजनीतिक विषयवस्तुमाथि फेसबुकमा टिप्पणी गर्दा डा बाबुराम भट्टराईलाई पनि बाँकी राखेकी छैनन् । उनले भट्टराईको नाम नै लिएर टिप्पणी गरेकी छन् ।

तर यस विषयमा उनीसंग प्रतिकृया लिन खोज्दा निकै सन्तुलित जवाफ दिएकी छन् । उनले भट्टराईसंग ब्यक्तिगत रुपमा दुरी बढेको कुरा भने स्वीकार गरिनन् । उहाँसँग राम्रो सम्बन्ध छ । तीन महिनाअघि फोन गरेर सोध्नुभएको थियो । बसेर कुरा गरौं भन्दै हुनुहुन्थ्यो,’ करिश्माले भनिन् ।

उनले डा भट्टराईलाई शिक्षित, बौद्धिक, समग्र भूगोललाई चिनेको र सामथ्र्यवान नेताको रुपमा अहिले पनि उत्तिकै सम्मान गर्ने बताउँछिन् । तर, राजनीतिक परिवेशमा उनी स्वतन्त्र हुन नसकेको करिश्माको भनाई छ ।

उनी थप्छिन्, ‘उहाँले आफूलाई परिस्थितीअनुसार अगाडि बढाउनुपरेको छ । यसरी हिँड्दा बिचार त मर्ज हुने नै भयो । उहाँ स्वतन्त्र हुन सकिरहनुभएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *