पाकिस्तानी दु’श्मनले हानेको गो’ली निधारमा लागेर ढ’लेका प्रेमको अधुरै रह्यो बुलेट चढ्ने सपना..पूरा पढेर सेयर गर्दिनुहोला

समाचार

दाङ – २ वर्षदेखि भारत पाकिस्तान सीमा क्षेत्र जम्मुमा खटिएका भारतीय सेना दाङको तुलसीपुरका प्रेम केसी मंसिर २१ गते (डिसेम्बर ६ तारेख)मा घर आउने तयारीमा थिए।

 

१० महिनाअघि विदामा आएर फर्किएका उनले यसपालि घर आउँदा नयाँ मोटरसाइकल (बुलेट) चढ्ने सपना बुनेका थिए। त्यसका लागि उनले उक्त बाईक बुक गर्न परिवारलाई अनुरोध समेत गरे परिवारले मंसिर ९ गते प्रेमकै लागि उक्त मोटरसाइकल खरिद गरिदिए।

 

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।घरमा आएर बुलेट मोटरसाइकल चढ्ने प्रेमको सपना भने जम्मुमै खरानी बन्यो। मोटरसाइकल किनेको तीन दिनपछि उनको जम्मुमा आ’तंककारी ह’मला’मा परि निधन भयो।

‘घरमा भएको पल्सर मोटरसाइकल बेचेर बुलेट मोटरसाइकल चढ्ने हो भनेको थियो र उसले भने अनुसार उक्त मोटरसाइकल किनेर ल्याइदिएको थिएँ,’

 

उनका बाबु लालबहादुरले भने, ‘बाइकको फोटो खिचेर पनि पठाइदिएँ, तर छोराले बाइक चढ्न नपाएरै संसार छाड्नुप-याे।’सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *