लकडाउन उल्लंघन गर्दै प्रेमिकाको जन्‍मदिन मनाउन गएकोमा रोनाल्डोमाथि अनुसन्धान

समाचार

रोम : विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन लकडाउन उल्लंघन गर्दै यात्रा गरेकाले इटालीको प्रहरीले उनीमाथि अनुसन्धान गरेको छ ।

कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गरेको उनीमाथि आरोप छ ।

उनले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको बताइएको छ ।

रोनाल्डो आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजको २७ औं जन्मदिन मनाउन एक माउन्टेन रिसोर्ट पुगेका थिए ।

जहाँ जोडीले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । तर मिडियामा उनीहरुबारे समाचार आउन थालेपछि अहिले उक्त फूटेज हटाइएको छ ।

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित प्रमुख देशमध्ये इटाली पनि एक हो ।

जहाँ हरेक दिन कोभिडका कारण सयौंको मृत्यु हुनुका साथै हजारौँ संक्रमित हुने गरेका छन् ।

कोरोना महामारी फैलिन थालेको प्रारम्भिक चरणमा इटाली नराम्ररी प्रभावित बनेको थियो ।

पछिल्लो समय यहाँ महामारी सुरुका दिनमा झैँ तिब्र रुपमा फैलिन सकेको छैन ।

रोनाल्डो आफैँलाई पनि कोभिड संक्रमण भइसकेको थियो । संक्रमित हुनुअघि पनि उनी पोर्चुगलको यात्रा गरेकोमा आलोचित बनेका थिए ।

यसबीचमा रोनाल्डोसहित अरु थुप्रै खेलाडीहरुलाई कोरोना संक्रमण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *