मलाइकाको पेटमा ‘स्ट्रेच मार्स्क’ देखिएपछि…

समाचार

बलिउड अभिनेता अर्जुन कपुरसँग प्रेम र विवाहका खबरका कारण सधै चर्चामा आउने बलिवुड अभिनेत्री मलाइका अरोरा फेरि चर्चामा आएकी छिन् ।

यो पटक विवाह र प्रेमका कारण भन्दा पनि अरु नै विषयले उनको चर्चा चुलिएको हो ।

मलाइका आफ्नो स्वास्थ्य प्रति निकै सजग छिन् र उनी फिटनेशमा बढी ध्यान दिन्छिन् ।

अक्सर उनी जिम जाँदा र आउँदाका फोटोहरु सामाजिक सञ्जालमा सेयर पनि गरिरहेकी हुन्छिन् ।

यो पटक उनी यसैका कारण ट्रोलको शिकार भएकी छिन्।

उनको पिन्क टिसर्ट र ह्वाइट जिम ड्रेसका केही फोटो र भिडियो भाइरल भइरहेको छ ।

यसैका कारण उनलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल बनाइएको छ ।

जिम अगाडिका यी भिडियो तथा फोटोमा मलाइकाको पेटमा स्‍ट्रेच मार्क्‍स देखिएको छ ।

यही कारण मलाइका सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी छिन् ।

‘कोही उनलाई बूढी महिला भनिरहेका छन्’ भने कोही पेटका कारण बुढी भएको देखिएको बताइरहेका छन् ।’

ट्रोलका भद्दा टिप्पणीले सारा सिमा नाघेको छ एक प्रयोगकर्ताले लेखेका छन् ‘यसअघि त स्ट्रेच माक्र्स कहिल्यै देखिएको थिएन ।’

मलाइका फ्यानहरुले मलाइकाको सपोर्टमा ट्रोल बनाउनेलाई कडा जवाफ फर्काएका छन् ।

उनीहरुले लेखेका छन्, ‘मलाइका ४० वर्षमा पनि शानदार दखिएकी छिन्, उनका मजाक उडाउने २० ३० वर्षकाहरुको फिटनेस आलु र अदुवा जस्तै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *