रवि लामिछानेको नयाँ टिभी जनताका चासो ,गुनासो र प्रश्नमा सर्मपित हुने !

समाचार

सिधा कुरा जनतासँग कार्यक्रमको विवादको बारेमा रवि चुप रहेका छन् । उनी केहि नबोले पनि उनका साथी दिपक बोहोराले यस बारे बोलेका छन् ।

उनले नयाँ टिभी ४५ मिनेटको कार्यक्रम मात्र नभएर जनताका चासो ,गुनासो र प्रश्नमा सर्मपित हुने कुरा उल्लेख गरेका छन् ।

रवि लामिछानेले सञ्चालन गर्ने भन्नेको टिभी बैशाखबाट शुरु हुनेछ । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘News24 Tv रवि दाईले मात्र हाेईन म लगायत हाम्राे सिधा कुरा टिम सबैले छाेडेका हाैँ ।

४५ मिनेटकाे कार्यक्रम मात्र हाेईन नयाँ टेलिभिजन जनताका चासाे ,गुनासाे र प्रश्नमा सर्मपित हुनेछ । टेलिभिजन प्रसारण हुन वैशाख लाग्ला तर गुनासाे सुन्ने र भेटघाट गर्ने काम सुरु भईसकेकाे छ ।

यसबीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि वा म्यासेज पठाई आफ्नो गुनासो टिपाउनु होला ।’

अहिले रवि लामिछानेको टोलीले पुर्वबाट काम शुरु गरिसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *