कञ्चनपुरमा आफैले पालेको राँगोले लखटि लखटि लियो वासुलालको ज्या’न

समाचार

काठमाडौ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृ’त्यु भएको छ ।

गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घ’टना’स्थल’मै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“राँगाले हान्दा चौधरी ग’म्भीर घा’इते भएको र तत्कालै घटनास्थलमै मृ’त्यु भएको खबर छ”, प्रवक्ता थापाले भन्नुभयो, “आज कानूनी प्रक्रिया पूरा गरेर श’व आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।”

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो पनि पढ्नुहोस्

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् ।

चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् ।

उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ ।

जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा यो पाइने भए पनि डोल्पाको जति राम्रो नभएको बारेकोट–५ का जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जङ्गलमा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको इमान गुरुङले बताउनुभयो ।

गुरुङजस्तै वडा नं ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहनुभएको छ ।

दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु बर्सेनि जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउनुहुन्छ ।

अहिले जेठो १० र कान्छो ७ कक्षामा काठमाडौँ पढ्दैछन् ।

जिम्बु, भोटेजिरा बिक्री गरेर आएको पैसाबाट पढाइ खर्च पठाइरहेको उहाँको भनाइ छ । उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका बस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उहाँको भनाइ थियो ।

उपल्लो डोल्पाको हिमाली भागमा चौँरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा बास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो बास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ ।

यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन् ।

भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ ।

यहाँका अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन् ।

जिम्बु प्रतिमाना ५० मा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ । बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा संलग्न हुन्छन् ।

जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गर्दै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो ।

कर लगाउने भने पनि ठूलो मात्रामा व्यावसायिक अभ्यास शुरु नभएका कारण करको दायरामा ल्याउन अझै समय लाग्ने न्यौपानेको भनाइ छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा ९पोट्का० को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चटनीमा अत्यधिकरुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ ।

प्रतिकेजी ५०० देखि ७०० सम्म पर्ने यो भोटे जिरा ‘अर्गानिक’ मानिन्छ । स्थानीयवासीले भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *