दोस्रो सन्तानको प्रतिक्षामा रहेका कपिलले कार्यक्रम बन्द गर्नुको कारण खोले !

मनोरञ्जन

दर्शकलाई भरपुर मनोरञ्जन दिलाइरहेको यो शोको यो सीजन बन्द हुन लागेको हो ।

यो सीजन अफ एयर भइरहेको छ । अब छिटै नै अनाउन्समेन्ट गरिनेछ ।

एकाएक किन कपिल शर्माले किन कार्यक्रम बन्द गर्न लागे भन्नेबारे चासो उत्पन्न भएको थियो।

भारतीय सञ्चारमाध्यमका रिपोर्टहरू अनुसार कार्यक्रम बन्द गरेर कपिलले अरु केही गर्ने योजना पनि बनाएका होइनन्।

यस्तो बेला किन कपिलले ब्रेक लिन लागे भन्ने बारे चासो उत्पन्न भइरहेका बेला कपिल स्यंमले सो कुराको जवाफ दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा कपिलले आफ्ना शुभचिन्तको प्रश्नको उत्तर दिँदै गर्भवती श्रीमतीलाई समय दिनको लागि शोबाट केहि समयको लागि ब्रेक लिन लागेको पुष्टि गरेका छन्।

उसो त कपिल कार्यक्रममै धेरै व्यस्त हुँदा विवाहको वार्षिकोत्सवमा पनि आफ्नी श्रीमतीसँगै मनाउन पाएका थिएनन्।

ट्वीटरमा कपिलले आफ्नी श्रीमतीले दोस्रो सन्तानलाई जन्म दिन लागेको उल्लेख गरेका छन्।

फ्यानले ‘कार्यक्रम किन बन्द गर्न लागेको हो?’ भन्दै सोधेको प्रश्नमा उत्तर दिँदै कपिलले भनेका छन्,‘किनभने हाम्रो दोस्रो बच्चालाई स्वागत गर्न म मेरी श्रीमतीसँग घरमा हुनु आवश्यक छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *