एक पुरुषको सवारी साधनको ठ’ क्क’ रबाट मृत्यु, पहिचान खुलेन, को होलान् उनी?

समाचार

काठमाण्डौं उपत्यकामा सवारी दु’ र्घ’ टनामा एक जनाको मृत्यु भएको छ । उनलाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सड कख ण्डमा सवारी साधनले ठ’ क्क’ र दिएको थियो ।

शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठ’ क्क’ रबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठ’क्क’ र दिने सवारी साधनको खोजी गरिरहेको छ ।

मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठ’ क्क र दिँदा मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।

बिहिबार सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु-याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *