रोल्पामा तेल बोक्ने ट्याङ्कर दु’ र्घट ना, चालकको मृत्यू

समाचार

रोल्पा, १५ माघ ।रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्ति नेर ट्याङ्कर दु’र्घट’ ना हुदा चालक ४५ बर्षीय हरबजन सिंहको मृत्यू भएको छ । गम्भिर घाइते भएका सिंहलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले बताएको छ । दु’ र्घट नामा परि सहचालक १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएको प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिएका छन ।

नेपालगञ्ज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दु’र्घ’ टनामा परेको हो । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो पनि , नेपालमा झन्डै ९ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाण्डौ, १५ माघ । नेपालमा खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोना विरूद्धको खोप लगाएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत् ९ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ जसमध्ये प्रदेश नम्बर १ मा १हजार २ सय ५५, प्रदेश नम्बर २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन्।

मन्त्रालयका अनुसार हालसम्म खोप लगाएकाहरुमा कुनैपनि नकारात्मक प्रभाव देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै नेपालमा खोप लगाउन सुरू गरिएको हो।सरकारले भारतबाट अनुदानमा पाएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *