माइती पठाएकी श्रीमती अर्कैसंग हिडिन, छोरा माग्दा फिरौती माग्छन, कसैले सुनेन पिडा भन्दै श्रीमान धरधरी रोए (भिडियो)

समाचार

मकवानपुर जिल्ला प्रहरी कार्यालयमा अनौठो उजुरी परेको छ । पदमले अनौठो उजुरी दिएका हुन् । आफ्नो श्रीमती र ८ वर्षको छोरालाई उनले ससुराली पठाएका थिए । माइत जान्छु भनेपछि उनले राम्रैसंग श्रीमतीलाई पठाएका थिए । तर अहिले उनी श्रीमती ६ महिना देखि हराएकी छन् । आफुमात्र हराइनन् उनको छोरा समेत हराएका छन् । काठमाडौ भैसेपाटीमा बस्ने पदम बहादुर अझै अचम्म त्यतीबेला लाग्यो उनले मेरो छोरा चाहियो भनेर ससुराली जाँदा ससुरालीले फिरौती समेत मागे ।

चितवन कोटिहानी २२ नम्बर वडावाट उनले ९ वर्ष अघि विवाह गरेका थिए । गएको भदौ देखि श्रीमती गएको बताइन् । उनले आफुले कमाएको सबै पैसा पनि ससुरालीमा दिने गरेका थिए । लकडाउनको समयमा समस्या भएपछि उनले आफुले दिएको पैसा दिनुस् भनेर मागे । त्यसपछि ससुरालीले श्रीमतीलाई पठाइदिनु पैसा दिन्छौं भनेर भने । त्यसपछि उनले श्रीमतीलाई ससुराली पैसा लिन पठाएका थिए । तर न श्रीमती आइन् न पैसा आयो ।

आफ्नो ८ वर्ष लागेको छोरा पनि हराएपछि उनी थप अप्ठेरोमा परेका छन् । ससुरालीले छोरी पठाएनन्, आफ्नो छोरा पनि गायब बनाए । छोरालाई त पठाइदेउ भनेर भन्दा फिरौती मागेको बताए । उनले आफ्नो श्रीमतीलाई ससुरालीले नै अन्तै विवाह गरिदिएको आरोप लगाएका छन् । पहिला ९ वर्ष अघि पनि ससुरालीले नै बोलाएर आफुसंग विवाह गरिदिएका थिए । तर अहिले आफ्नै जात मिल्नेसंग दोस्रो विवाह गराइदिएको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *