छोराले वि’ष खा’एपछि भावुक हुँदै बुबा मिडियामा एउटा छोरा थियो, सपना सबै टु’ट्यो (भिडियो)

समाचार

काठमाडौ । मोरगं उर्जावारीका गोकुल सुवेदीले वि ष से व न गरे । उनको निधन भयो । १५ वर्ष सम्म गोकुल विदेशमा थिए । त्यती लामो समय सम्म विदेशमा वसेर कमाएको पैसा श्रीमतीले हिनामिना गरिदिएको गोकुलका बुवा फणीन्द्र प्रसाद सुवेदीले दावी गरेका छन् । वुहारीले अनावश्यक त नाव दिएका कारण छोराले यस्तो निर्णय लिएको उनको भनाई छ ।

छोरा विदेश गएर आएपछि २०६९ सालमा छोरावुहारीलाई अंश दिएर छुट्याइदिए । त्यसपछि उनीहरु प्रेमसंग बसेका थिए । केही वर्ष छोरा विदेश जाने आउने गरे तर वुवालाई केही सहारा दिएनन् । गोकुलको आमा २०६४ सालमा निधन भएपछि छोराहरुले पनि वास्ता नगरेपछि आफुलाई सहारा चाहिएपछि दोस्रो विवाह समेत आफुले गरेको बताए ।

छोराले कति कमाउँछ भनेर आफुले सोध्दा महिनामा ८० हजार सम्म आफुलाई पठाउने गरेको वुहारीले बताएको उनको भनाई छ । त्यती धेरै पैसा पठाउँदा पनि श्रीमतीले बचत नगरेपछि छोरा बुहारीबीच विवाद सुरु भएको बुवाको भनाई छ । देह त्याग गर्नु अघि पनि छोरालाई वुहारीले डिप्रेशनमा गयो मेरो श्रीमान भन्दै सुधारकेन्द्रमा लिएर गएको पनि आफुले थाहा पाएको बताए ।

छोराले म ठिक छु भन्दै सुधार केन्द्रमा नबसेर आफ्नो दिदीको घर (खनार) गएका थिए । तर षडयन्त्र गरेर श्रीमती विरामी छ भनेर बोलाएर फेरी गाडीमा हालेर सुधारकेन्द्रमा लिएर गएको बुवाको भनाई छ । उनलाई इच्छा विपरित कु टे र हात खु’ट्टा भाँ’चेर दाँ’त फु’कालेर सुधारकेन्द्रमा राखेको पनि बुवा बताउँछन् । सुधारकेन्द्रवट फर्किएपछि पनि उनी फेरी विदेश गएर पैसा पठाउन थालेका थिए । बिचमा घरमा आउँदा फेरी श्रीमतीसंग पैसाकै कारण वि’वा’द भएको र त्यही कारणले छोराले देह त्याग गर्ने निर्णय गरेको हुनसक्ने बुवाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *