जाडोले दुई दिन विद्यालय बन्द

समाज

बुटवल– बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ ।

 

स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए ।

 

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ ।

 

नगरपालिकामा कूल एक हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *