विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका युवा ७ महिनासम्म कोमामा थिए, होस आउनासाथ पक्राउ

समाचार

काठमाडौं। विद्यार्थी भिषामा अष्ट्रेलिया पुगेका एक युवक ७ महिना सम्म कोमामा थिए । उनलाई होस आउना साथ प्रहरीले पक्राउ गरेको छ । एक भवनवाट खसेर उनी कोमामा पुगेका थिए । अस्पतालमा ७ महिना उपचार पछि उनलाई होस आयो होस आउना साथ उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै प्रेमिकाको ज्या’न लि’ए’को अभियोगमा पक्राउ गरिएको हो ।

एबीसी न्यूज अस्ट्रेलियाका अनुसार वेइजी हे नामका २१ वर्षका चिनिया युवक सिड्नीमा बस्दै आएका थिए । गएको जूनमा उनी आफू बस्ने अपार्टमेन्टको चौथो तलाको बाल्कोनीबाट खसेका थिए । उनलाई प्रेमिकाको ज्या’न लि’ए’को आरोप लगाइएको छ । टाउकोमा ग’म्भि’र चो’ट ला’गेका कारण उनी कोमामा पुगेका थिए ।

ति युवकलाई अस्पताल भर्ना गरेर उनको अपार्टमेन्टमा पुगेको प्रहरीले १९ वर्षकी युवतीलाई मृ’त अवस्थामा फेला पारेको थियो । पुलिसका अनुसार ती युवतीलाई कु’टे’र ज्या’न लि’इ’एको हो । त्यस पछि उनी आफै चौथो तलावाट हा’म फा’ले’को प्रारम्भिक अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ ।

डिटेक्टिभ इन्स्पेक्टर रोबर्ट एलिसनका अनुसार प्रत्यक्षदर्शीले उनी चौथो तलाको सार्वजनिक र कमन क्षेत्रबाट खसेका थिए । एलिसनका अनुसार ती युवक निकै सौभाग्यशाली भएकोले बचेको टिप्पणी गरेका छन् । यति धेरै उचाईवाट खसेका मानिस बाँच्ने सम्भावना कम हुन्छ ।

रिपोर्टका अनुसार मृ’त युवतीका परिवार निकै शो’क’मा छन् किनकि अस्ट्रेलियामा कोरोना जोखिमका कारण परिवार छोरीको अन्तिम संस्कारमा पनि सहभागी हुन पाएनन् । मृ’त’क युवती र आरोपी युवक दुवै चीनका नागरिक थिए र २ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *