शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै महासंघको आपत्ति

समाचार

काठमाडौं : नागरिक अभियान्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सोमबार राजधानीमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागीमाथि प्रहरीले निर्मम लाठी र पानीको फोहोरा प्रहार गरेको भन्दै महासंघले आपत्ति जनाएको हो । post

मंगलबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति सार्वजनिक गर्दै दमनप्रति आपत्ति जनाएका हुन् । ‘शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो । प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भत्र्सना गर्दछ ।’

बालुवाटार प्रदर्शनमा प्रहरी धरपकड (तस्बिरसहित)
महासंघले आन्दोलनमा सहभागी लेखक तथा वरिष्ठ पत्रकार नायारण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीले बर्बर आक्रमण गरेको भन्दै आपत्ति जनाएको हो ।

महासंघले संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारलाई यस्ता दमनकारी कार्य पुनः नदोहोर्याउनसमेत महासंघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *