विश्वरेकर्ड बनाउन ३५० फिट माथि बाइक उडाउँदा भयानक मृत्यु

अन्तरास्ट्रिय

काठमाडौं। अमेरिकाका चर्चित मोटरसाइकल स्टन्टम्यान एलेक्स हार्विलको मृत्यु भएको छ । मोटरसाइकलमा स्टन्ट गरेर निकै लोकप्रियता कमाएका एलेक्स ३५१ फिटको मोटरसाइकल जम्पको लागि अभ्यास गरिरहेका थिए । अभयासकै क्रममा उनको मृत्यु भएको हो । एलेक्स वाशिङटनमा चलिरहेको मोसेस लेक एयरशोमा थिए जहाँ उनी आफ्नो विश्वरेकर्ड जम्पभन्दा पहिले अभ्यास गरिरहेका थिए । त्यहाँ भएका कैयौं मानिसहरुले उनको भिडियो बनाइरहेका थिए ।

पिपुल म्यागजिनका अनुसार एलेक्सको वार्म अप चलिरहेको थियो र यो उनको बिहानको पहिलो जम्प थियो । सार्वजनिक भएको एक भिडियोमा देखिएअनुसार एलेक्सले एक फिल्डमा बाइक चलाइरहेका छन् त्यसपछि उनी एउटा र्याम्पमा गएर बाइकलाई हावामा लन्च गर्छन् । यस क्रममा एलेक्स आफ्नो लक्ष्यभन्दा केही पछाडि नै रहन्छन् र बालुवाको थुप्रोमा खस्छन् । रिपोर्टआ अनुसार त्यहाँ भएका प्रत्यक्षदर्शीले दुर्घटनापछि एलेक्सको हेल्मेट हावामा उछिट्टिएको देखेका थिए ।

रिपोर्टका अनुसार यो दुर्घटनामा लागेका चोटकै कारण २८ वर्षका एलेक्सको मृत्यु भएको हो । दुर्घटना भएलगत्तै एलेक्सलाई त्यहाँ भएका मानिसहरुले उठाएर मोसेसमै रहेको एक अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरियो । ३५० फिटको यो जम्पको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । एलेक्सले २०१२ मा टोज मोटोक्रस पार्कमा र्याम्प टु डर्ट डिस्टेन्स जम्पमा ४२५ फिटको उचाइ नापेर विश्वरेकर्ड बनाएका थिए ।

अर्को वर्ष एलेक्सले रिचल्याण्डमा भएको डर्ट टु डर्ट जम्पमा पनि विश्वरेकर्ड बनाएका थिए । यो प्रतियोगितामा उनले २९७ फिट उचाइ नापेका थिए । दुर्घटनाको एक महिना अघिमात्र एलेक्सले आफूले अर्को एक विश्वरेकर्ड बनाउने तयारी गरिरहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *