पाेखरामा गणेश लामा पक्राउपछि सम्पर्कविहिन दीपक मनाङे खाेज्न छापा मार्दै प्रहरी

समाचार

पाेखरा ।कास्की प्रहरीले बुधबार रातिदेखि सम्पर्कविहिन भएका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ खाेजी कार्य सुरु गरेकाे छ ।डन पृष्ठभूमिका दीपक मनाङे भनेर चिनिने मन्त्री राजीव गुरुङ हराउनु र अर्का डन पृष्ठभूमिकै गणेश लामा पाेखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित छ ।

मनाङे शुक्रबार गण्डकी प्रदेश सभामा समेत अनुपस्थित भएका थिए ।प्रहरी श्राेतका अनुसार उनकाे खाेजी गर्न प्रहरीकाे टाेली खटिएकाे छ । कास्की प्रहरीका प्रमुख एसपी, बैदाम प्रहरीका डिएसपी लगायतकाे टाेली समेत परिचालन भएकाे उच्चश्राेतले जानकारी दियाे ।

गणेश लामा फेलापरेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेकाे दावी पनि श्राेतले गर्याे । यद्यपि मनाङे फेला परेका छैनन् ।खाेजी भैरहेकेा छ, फेला पारेका छैनाैं– प्रहरी श्राेतले भन्याे–सम्भावित ठाउमा छापा मार्दैछाैं । प्रहरीले गणेश लामाले लुकाएर राखेकाे हुन सक्ने आशंका गरेर खाेजि तिव्र पारेकाे हाे ।

घेरा हालेर गणेश लामा पोखराबाट पक्राउ
डनको छवि भएका नेपाली कांग्रेसका युवा गणेश लामालाई बिहीबार पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला लामा अचानक काठमाडौंबाट पोखरा आइपुगेका थिए । पोखरा आएर उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् ।

विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए ।यता त्यस्तै छवि भएका मनाङेले भने मनाङबाट चुनाव जिते । प्रहरी स्रोतले सांसद मनाङे बिहीबार दिनभर सम्पर्कविहीन भएकै बेला लामालाई पक्रनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *