जुम्ल्याहा बच्चा जन्माएपछी २१ बर्षकी युवतीले छाडिन संसार

समाचार

२१ बर्षकी युवतीले जुम्ल्याहा बच्चालाई जन्म दिएर उनको मृ’त्यु भएको छ । बच्चाहरुको बिचल्ली भएको छ । यि जुम्ल्याहा नानीहरु जन्मेको ११ दिनमै उनीहरुबाट आमाको ममता दैबले खोस्यो । ज्याला मजदुरी गरेर खाने बुवालाई चोट माथि चोट थपिएको छ ।

ती दुई नानीहरुलाई दुध खुवाउने पैसा पनि छैन, नानीहरुको लागि दुध र औषधी उपचारका लागि आर्थिक सहयोगको खाचो रहेको छ । अवस्था सांच्चिकै दयनिय छ । जुम्ल्याहा नानीहरुको बुवा रामेछापका बाबु तामांग आफुले प्रेम गरेर बिवाह गरेको श्रीमती गुमाउनुको पिडामा दुखी हुंदै बसिरहेका छन । उनलाई छोरीहरुलाई दुध खुवाउने पैसा पनि छैन, अब कसरी बचाउने । जुम्ल्याहा छोरीहरु पाएको ११ दिनपछिको रातमा आमा सबिनाको मृ’त्यु भयो कहाली लाग्दो कथा छ ।

यो पनि पढ्नुहोस:

काठमाडौँ,सरकारले पहिलो चरणमा अ’ग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार फोहोर व्यवस्थापनमा खटिने सं’कलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक/सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्व’यंसेविका र वृ’द्धाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप दिन लागिएको हो ।

‘पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने गरी काम तीव्र भइरहेको छ,’ स्वास्थ्यमन्त्री हृ’दयेश त्रिपाठीले भने । खोपको ढुवानी आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । खोप लगाउनेमध्ये कुन समूहका कति छन् भन्ने यकिन विवरण भने सार्वजनिक भएको छैन । स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउने व्यक्तिको विवरण खोप केन्द्रमा सार्वजनिक गरिने बताए ।
विभागले आइतबार तीन वटा गाडीमार्फत प्रदेशमा खोप पठाएको हो । एउटामा प्रदेश १, दुई र वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुलीका लागि खोप पठाइएको विभागले जनाएको छ । अर्को गाडीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइएको छ ।

पोखराका लागि छुट्टै गाडीमा पठाइएको विभागले जनाएको छ । ‘सबै प्रदेशमा सोमबारसम्म खोप पुगिसक्छ,’ तिंकरीले भने । खोप बोक्ने गाडीको निगरानी गर्न जीपीएस जडान गरिएको छ । खोप बोकेर गएको गाडी कुन बेला कहाँ पुग्यो ? उसको गति कति छ भन्ने काठमाडौंबाटै निगरानी गरिरहेका छौं,’ एक प्राविधिकले भने ।

प्रदेशले हरेक जिल्लालाई आवश्यक पर्ने खोप वितरण गर्नेछ । वाग्मतीका काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा र धादिङमा सोमबारसम्म खोप ढुवानी भइसक्ने उनले बताए । भक्तपुरमा आइतबार नै चार हजारभन्दा बढी डोज खोप पठाइसकेको छ । विभागले यसअघि संकलन गरेको तथ्यांकअनुसार स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिने, एम्बुलेन्स चालक र कर्मचारी गरी २ लाख १८ हजार ६ सय ९० जना खोप लगाउनेको सूची छ । जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तह, अस्पताल, अन्य संस्थाबाट संकलन गरिएको तथ्यांकका आधारमा खोप दिने व्यक्ति पहिचान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *