आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

समाचार

काठमाडौँ– आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

आइतबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज तोलामा ९२ हजार ४०० सय रुपैँयामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ६० रूपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *