करिना कपुर दोस्रो बच्चाकी आमा बन्दै

स्वास्थ्य

मुम्बई । बलिउड नायिका करिना कपुर दोस्रो बच्चाकी आमा बन्ने भएकी छन्।

नायिका कपुरले सामाजिक सञ्जाल इन्ट्राग्राममा तस्विर सेयर गर्दै आफू दोस्रो बच्चाको आमा बन्न लागेको पुष्टि गरेकी छन्।

उनी गर्भवती भएको र योगा गरिरहेको प्रस्ट देख्न सकिन्छ।

 

सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ।

 

सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन्। उनी हाल ४ बर्षका भए।

 

यसअघि सन् २०१८ मा करिनालाई दोस्रो सन्तान कहिले त भनेर प्रश्न सोध्दा, ‘अझै दुई वर्ष’ भनेकी थिइन्।

करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन्। सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *