बेहुला बन्दा कस्तो देखिए बरुण, सार्वजनिक भए यस्ता तस्विर

मनोरञ्जन

बलिउडका सफल नायक बरुण धवन बिबाह बन्धनमा बाँधिएका छन् । उनले, आफ्नी प्रेमिका नताशा दलालसँग आइतबार बिहे गरेका हुन् । अलिबाग रिसोर्टमा आयोजित समारोहमा बरुण र नताशाले एक अर्कासँग जीवन एकसाथ बिताउने बाचा गरे ।

बरुण र नताशाको बिहेमा उनीहरुका आफन्त, परिवारका सदस्य र केही बलिउडकर्मी मात्र उपस्थित थिए । उनीहरुको बिहे पंजाबी परम्परा अनुसार भएको भारतीय मिडियाले बताएका छन् ।

वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए।

हालैमात्र पनि उनले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’मा नताशासँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका थिए।

जसमा वरुणले भनेका थिए, ‘नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आस मारिनँ।’

वरुणले नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिए। वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे। ११-१२ पढ्दासम्म उनीहरू मिल्ने साथी भए। पछि वरुणले नताशालाई प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकारिनन्।

वरुणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए।

वरुणकी श्रीमती नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको हल्ला अघिल्लो वर्ष खुबै चलेको थियो। यस विषयमा नताशाले त्यसबेला ‘हेल्लो म्याग इन्डिया’ लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘विवाह त गर्ने हो, तर अहिले नै होइन।’

वरुणले २०१७ मा मुम्बइको जुहुमा आफ्नै फ्लाट किनेका थिए । उनले आफ्ना गुरु अनुपम खेरलाई प्रवेश गराएर घरको उट्घाटन गरेका थिए ।


वरुणले नतासालाई त्यही घरमा राख्ने भारतीय मिडियाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *